Kakhara सबैको खबर सम्पूर्ण खबर
धाराखोला–गैरावारी सिँचाई पोखरी निर्माण सम्पन्न
पाेखरी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को धाराखोला–गैरावारी सिँचाई पोखरी निर्माणको काम सम्पन्न भएको छ । असोज १८ गतेबाट सुरु भएको पोखरी निर्माणको काम २ महिनाको अवधिमा सम्पन्न भएको हो । वन तथा वातावरण मन्त्रालय पहाडी साना किसानका लागि अनुकुलन आयोजना तथा आशा परियोजना रुकुम पश्चिमको आर्थिक सहयोगमा सिँचाई पोखरी निर्माण गरिएको सिँचाई पोखरी निर्माण समितिका सचिव अन्जना ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आशा परियोजनाको ५ लाख २५ हजार ८ सय ३२ र १ लाख ३१ हजार ४ सय ८३ रुपैँया बरावरको स्थानीयको जनश्रमदान गरी ६ लाख  ५७ हजार ४ सय १५ रुपैँया खर्च गरेर  गैरावारीमा सिँचाई पोखरी निर्माणको काम सम्पन्न भएको हो । गाउँ देखि करिव ३ सय मिटर टाढाको दुरीबाट पाइप लाइन प्रयोग गरेर सिँचाई पोखरीमा पानी पुर्याएको छ । पोखरी निर्माण भएसंगै अब उक्त टोलका १९ घर परिवारले लाभ लिनेछन् ।

हिउँदको समयमा तरकारी खेती गर्ने किसानहरुलाई सिँचाइको समस्या हट्नुका साथैै उत्पादन वृद्धि हुने विश्वास सिँचाई पोखरी निर्माण समितिका सचिव आलीले गर्नुभयो । आशा परियोजना रुकुम पश्चिमले  लापा समुह मध्यम वर्गमा पर्ने १९ घरपरिवारलाई छनोट गरेर उक्त टोलमा आर्थिक सहयोग पनि गरेको  थियोे ।
 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update