पुथाउत्तरगंगामा स्वास्थ्य वीमा संयोजन समिति निर्माण
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा स्थानीय स्वास्थ्य वीमा संयोजन समिति निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको संयोजकत्वमा समिति निर्माण गरिएको हो । समिति ७ सदस्यीय रहेकाे छ ।
सदस्यहरुमा विरमान कामी, डा.मिलन मल्ल, टिकासाई घर्ति, लिमा पुन, समिर गिरी, ईश्वर रावल र सदस्य सचिवमा वशिष्टनारायण यादव रहनुभएको छ । त्यस्तै गाउँपालिका अन्तरगतका वडाहरुमा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रत्येक वडामा दर्ता सहयोगीहरु छनोट गर्ने निर्णय पनि भएको छ ।
पहिला रहेका दर्ता सहयोगीहरुबाट सन्तोषजनक काम नभएपछिआगामी दिनमा कृयाशिल रुपमा कामकाज गर्ने गरी दर्ता सहयोगी छनोट मापदण्ड भित्र पर्ने व्यक्तिलाई वडा कार्यालयबाट छनोट गरि पठाउने निर्णय गरिएको हो ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ १८:०३
प्रतिक्रिया दिनुहोस्