Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि क्रिसमस डे मनाइयो  
रूकुम पश्चिममा क्रिसमस डे का अवसरमा आयोजित कार्यक्रम ।

रुकुम पश्चिममा पनि क्रिश्चियन धर्मावलम्बीहरुले बिभिन्न कार्यक्रम गरी क्रिसमस डे मनाएका छन । हरेक बर्ष २५ डिसेम्बरमा  यशु ख्रीष्टको जन्मदिनको खुसीयालीमा क्रिश्चियन धर्मावलम्बीहरुले  क्रिसमस मनाउने गर्दछन ।

२००० वर्षअघि  कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । रुकुम पश्चिमका विभिन्न चर्चहरुमा प्रार्थना लगायत एक अर्कामा प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान प्रदान गरी क्रिसमस मनाइएको रुकुमेली मिसन समाज रुकुम पश्चिमका अध्यक्ष अविनाश बुढाले जानकारी दिनुभयो । 

बुढाका अनुसार रुकुम पश्चिमका चर्चहरुमा परमेश्वरको वचन मनन गर्नुका साथै बिभिन्न कार्यक्रम गरी क्रिसमस मनाईको हो ।
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update