त्रिवेणी गाउँपालिका अस्पताल भवनको शिलान्यास
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अस्पतालको भवन शिलान्यास गरिएको छ । शुक्रबार वडा नम्बर ३ को खारानेटामा गाउँपालिका अस्पतालको भवन शिलान्यास गरिएको हो । भवनको गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले शिलान्यास गर्नुभयो ।
वहुवर्षिय योजना अन्तरगत १० शैयाको अस्पताल भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । संघीय सरकारको ९ करोड बजेटबाट ३ तले भवन निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । भवन निर्माणको काम तीन वर्षमा सक्ने लक्ष राखिएको छ ।
भवन निर्माण भएमा गाउँपालिका अस्पतालको शैया थप हुने छ । अहिले गाउँपालिकाले खारानेटामा पालिका अस्पताल संचालन गरिरहेको छ । भवन निर्माण सकिएपछि थप व्यवस्थित रुपमा अस्पताल संचालन हुने गाउँपालिकाको भनाई रहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १४:३६
प्रतिक्रिया दिनुहोस्