रुकुम पश्चिममा महालक्ष्मी लाइफ इन्स्योरेन्सले महिला सशक्तिकरणमा ‘महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम संचालनमा आएको छ । महिलाको रोजगारी र समृद्धिका लागि क्षमता विकासमा टेवा पुर्याउने उदे्श्यले बनेको तालिम कार्यक्रमको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले उद्घाटन गर्नुभयो । यो कार्यक्रम देशका विभिन्न जिल्लामा संचालनमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम आउनु पिछडिएका समुदाय र विषेशगरि महिला दिदी बहिनीहरुका लागि अवसर भएकाले अवसरलाई सदुपयोग गर्न सके कोशे ढुंगा सावित हुने बताउनुभयो ।
कार्यक्रमको मुख्य उदेश्य भनेकै महिलालाई आर्थिक क्रान्तिको बाटोमा लैजाने रहेको बताउदै उहाँले आर्थिक रुपान्तरणको नेतृत्व सरकारले गनुपर्ने भएपनि नीजि क्षेत्रबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको उहाँको भनाई छ । उहाँले जिल्लामा रोजगारी सिर्जना गर्न आवश्यक परेमा समन्वय गरेर महालक्ष्मी लाइफ इन्स्योरेन्स ४०/५० लाख लगानी गर्न तयार रहेको भट्राईले बताउनुभयो ।
त्यस्तै महिला सशक्तिकरण कार्यक्रमको काम भनेको नै रोजगारीको सिर्जना गर्नु, आर्थिक उन्नति गर्नु, महिलाका लागि चेतना मुलक कार्यक्रम सञ्चालन गर्नु नै रहेकाले ठूलो मात्रामा महिला शक्तिकरणका लागि बजेट छुट्याई देशै भरका महिलालाई वीमा सम्वन्धीका कार्यक्रममा जोडेको इन्स्योरेन्सका बजार अधिकृत प्रशान्तराज धमलाले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले बीमाको काम भनेकै आफु र समाजलाई आर्थिक क्रान्ति र समृद्ध बनाउने भएकाले एकले अर्कोलाई तान्दै बीमा गरी आर्थिक क्रान्ति गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको थियो ।
कार्यक्रमको अवसरमा आफ्नो व्यवसायलाई थप व्यवस्थित ढगंले अगाडि बढाएको आधारमा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ । असोज र कात्तिक महिनामा राम्रो व्यवसाय गरेको भन्दै महालक्ष्मी लाइफले ६ जना अभिकर्तालाई चाँदीको सिक्का, १५ जनालाई कम्पनीको डायरी, ३ जनालाई कम्पनीको घडी र ३ जनालाई प्रमाण पत्रले सम्मान गरिएको हो ।
युवासंग महालक्ष्मी लाइफ इन्स्योरेन्सकी केन्द्रिय सदस्य लक्ष्मी केसीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन मुसीकोट शाखा प्रमुख व्युझना पुन देवकोटाले गर्नुभएको थियो ।