रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ ले वडामा कार्यरत ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई फाइवर सिरक वितरण गरेको छ । वडाले आज वडामा कार्यरत ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक÷एक वटाका दरले फारवर सिरक वितरण गरेको हो । वडामा स्वास्थ्य क्षेत्रमा पुर्याएको कामको सम्मान र थप क्रियाशिलताका लागि प्रोत्साहन स्वरुप स्वयंसेविकालाई न्यानो कपडा अन्तरर्गत सिरक वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
जेष्ठ नागरिक, सहिद परिवार, विपन्न तथा अशक्त, सहारा विहिन परिवारलाई सम्मान कार्यक्रम अन्तरर्गत वडा कार्यालयले विभिन्न व्यक्ति तथा परिवारलायई छनोट गरेर न्यानो कपडा सिरक वितरण गरेको वडा अध्यक्ष धिरण शिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार पुस १२ गते ४ जना सहिद परिवारका सदस्यलाई पनि फाइवर सिरक वितरण गरिएको थियो । वडाले अहिलेसम्म जेष्ठ नागरिक, सहिद परिवार, विपन्न तथा अशक्त, सहारा विहिन परिवार गरी ४७ जनालाई फाइवर सिकर वितरण गरेको छ ।
जस अन्तरर्गत ४ जना सहिद परिवार, १० जना सहारा विहिन, २९ जना जेष्ठ नागरिक र ४ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । वडामा रहेका अति विपन्न परिवारलाई पनि छनोट गरेर छिटै सम्मान स्वरुप सिरक वितरण गरिने वडा अध्यक्ष सिर्पालीले बताउनुभयो । वडाले जेष्ठ नागरिक, सहिद परिवार, विपन्न तथा अशक्त, सहारा विहिन परिवारलाई सम्मान कार्यक्रम सञ्चालन गर्न १ लाख बजेट विनियोेजन गरेको थियो ।