रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नंम्बर ३ मा सञ्चालित सात दिने माहुरी उद्येमिहरुको लागि स्तरोन्नती तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । । फाल्गुन १८ गते देखी २४ गते सम्म सञ्चालित तालिममा माहुरी व्यवस्थापन कसरी गर्ने,विभिन्न किसिमको रोग तथा किरा नियन्त्रन कसरी गर्ने, मह उत्पादन तथा प्रशोधन कसरी गर्न सकिन्छ, माहुरी विभाजन भनेको के हो, लगायतका विषय सिकाइएको थियो ।
सिस्ने गाउँपालिका अन्तरगत ४ वटा वडाका १२ जना उद्यमिहरुको तालिममा सहभागीता रहेको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका उद्योग अधिकृत ताराप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नंम्बर ३ का ६,जना वडा नंम्बर ४का १ जना वडा नंम्बर ७ का ४ जना र वडा नंम्बर ८ का १ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण रुक्मीनी माविका शिक्षक पुष्करबहादुर मल्ल र स्थानीय प्रकाश खड्काले गर्नु भएको थियो ।
सात दिन सम्म चलेको तालिमबाट आफुहरुले धेरै कुरा सिकेको र सिकेको कुरालाई व्यवहारमा उतार्ने उद्यमी कृष्णबहादुर खत्रीले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले दिएको सात दिने छोटो समयमा पछि आफुहरुले धेरै कुरा सिकेको र आफुहरुलाई व्यवसायिक बन्ने ठुलो अवसर मिलेको अर्का उद्यमी नरेन्द रावलले बताउनुभयो । ३ नंम्बर वडा अध्यक्ष पशुपति खड्काले यो तालिम मार्फत बेरोजगार युवाहरु सफल उद्यमी बन्ने अवसर मिलेको बताउनुभयो ।