रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ मा महिलाहरुको लागि ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । वडाको पहलमा पुस ३ गते देखि माघ १८ गतेसम्मका लागि वडा नम्बर ९ का महिलाहरुको लागि ४५ दिने तालिम सञ्चालन गरिएको हो ।
लघु उद्यम सीप विकास कार्यक्रम अन्तरर्गत तालिम आयोजना गरिएको वडा अध्यक्ष जोखबहादुर चन्दले जनकारी दिनुभयो । उहाँका अनुुसार वडाको सहिद भवन र पिपलगैरामा गरि दुई वटा केन्द्रमा तालिम चलिरहेको छ ।
प्रति सिलाई केन्द्रमा समान २ जना प्रशिक्षक सहित १० जना महिला रहेका छन् । वडाले वडा भित्र रहेका सीप सिक्न चाहने र विपन्न परिवारका महिलालाई छनोट गरेर तालिममा सहभागि बनाएको वडा अध्यक्ष चन्दको भनाई छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो ।