Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगामा शिविर मार्फत गाउँ गाउँमै सेवा
शिविर मार्फत अपांगता परिचय पत्र वितरण गर्दै गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत  गाउँ टोलसम्म पुगेर नागरिकलाई सेवा प्रदान गरिरहेकाे छ  । बिहिबार १ नम्बर वडाको मैकोटबाट सुरु भएको शिविर गाउँपालिकाका १४ वटै वडामा सञ्चालन हुने छ ।  घुम्ती शिविर मार्फत जेष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण, गर्भवती महिलाको भिडियो रेक्सरे तथा परामर्शका साथै नि: शुल्क स्वास्थ्य बीमा पनि गरिरहेकेा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार गर्भवती महिलालाई उपाध्यक्ष कार्यक्रम तथा अध्यक्ष-उपाध्यक्ष सहिद स्मृति स्वास्थ्य कार्यक्रम मार्फत अति विपन्न, द्वन्द पीडित, घाइते, अपाङ्ग, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाइ नि: शुल्क स्वास्थ बीमा गरिएको छ । मंगलबार पहिलो दिन ३८ जनालाई अपाङ्गता परिचपत्र प्रदान गरिएकाे छ भने २५ जना गर्भवती महिलाहरुले भिडियो रेक्सरे तथा परामर्श लिएका छन् । ६१ जनाको निःशुल्क स्वास्थ्य समेत बीमा गरिएको उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले बताउनुभयाे । शिविरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी टोली खटिएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update