Kakhara सबैको खबर सम्पूर्ण खबर
सकियो आशा 
समापन कार्यक्रम ।

रुकुम पूर्व र पश्चिममा ६ वर्ष देखि विभिन्न क्षेत्रमा काम गर्दै आएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) सकिएको छ । आशा परियोजनाले ६ वर्षसम्म दुई जिल्लाका विभिन्न पालिकामा काम गरेको थियो । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा आशाले विभिन्न कार्यक्रमहरु संचालन गरेको थियो । 
    
बिहिबार एक कार्यक्रमका विच आयोजनाको औपचारिक समापन गरिएको हो । परियोजनाले जलवायु परिवर्तनका कारण चुनौतीहरु सामना गरिरहेका नेपालको पहाडी क्षेत्रका साना किसानहरुको गरिबी न्यनिकरणको लागि काम गर्दै आएको थियो । २०१५ फेब्रुअरी २६ देखि लागु भएको कार्यक्रम कर्णाली प्रदेशका ५ र लुम्बिनी प्रदेशका २ जिल्लामा लागु भएको थियो । 

आशाले रुकुम पश्चिको चौरजहारी नगरपालिकाको वडा नम्वर १०, ११, १२, १३ र १४ मा, सानीभेरी गाउँपालिकाका सवै ११ वटै वडामा र त्रिवेणी गाउँपालिकाका पनि सबै १० वटै वडा गरि कुल २६ वटा वडाहरुमा काम गरेको आशा परियोजना जिल्ला आयोजना संयोजक खिमराज ओलीले जानकारी दिनुभयो । 

त्यस्तै रुकुम पूर्वको भुमे गाउँपालिकाको वडा नम्वर ८ बाहेक सवै र पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्वर १, २, ५, र १४ मा गरि १२ वडामा आयोजना कार्यान्वयन भएको थियो । स्थानीय समुदायहरुको जलवायुजन्य संकटासन्नता न्यनिकरण गर्ने र जलवायु परिवर्तन अनुकुलनका लागि संस्थागत वातावरणको सबलीकरण गर्ने उदे्श्य आयोजनाको रहेको थियो । 

आयोजनाले रुकुम पश्चिममा नाफामुलक उत्पादन अन्तर्गत कृषि वन, माहुरी पालन, पशुपालन, भकारो सुधार, तरकारी खेती, फलफूल खेती, सीप विकास तालिम लगायत काम गरेको छ । त्यस्तै सामुदायिक पुर्वाधार तर्फ मुहान संरक्षण, खानेपानी आयोजनामा लगानी, बाढी पहिरो नियन्त्रणमा सहयोग, सुधारिएको चुलो, सिँचाई कुलो, सिँचाई पोखरी निर्माण लगायत काम भएका छन् । 

आयोजनाका संयोजक डा.विनोदप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update