Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँ गाउँमा नारी दिवश
मुसीकोट नगरपालिका आयोजित कार्यक्रममा सहभागिहरु ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइएको छ । यो वर्ष रुकुम पश्चिमका गाउँ गाउँमा यो दिवश मनाइयो । महिलाहरुले धुमधामका साथ नारी दिवश मनाए । ६ घण्टा काम, ६ घण्टा आराम र ६ घण्टा मनोरञ्जन पाउनुपर्ने माग सहित गरिएको आन्दोलन सफल भएको उपलक्षमा आयोजना हुन थालेको यो दिवश नेपालमा मनाइन्छ । अघिल्ला केही बर्षसम्म यो दिवश जिल्लामा सिमित गराइन्थ्यो । अब भने गाउँ गाउँमा नारी दिवश मनाउन थालिएको छ ।

जिल्लाका कम्तिमा पनि ६ ठाउँमा नारी दिवश मनाउन विभिन्न कार्यक्रम गरिन्छन् । नारीहरुको सहभागिता हुन्छ । विभिन्न कार्यक्रमको आयोजक, संयोजक, व्यवस्थापक, सहभागि सबै महिला हुन्छन् । कम्तिमा बर्षको एक दिन भएपनि महिलाहरुको सामूहिक कार्यक्रम हुन्छ । ‘महिला सुरक्षा, सम्मान र रोजगारःसमृद्ध नेपालको आधार’ भन्ने नारा सहित यो दिवश मनाइएको छ । मुसीकोट, चौरजहारी, आठबीसकोट नगरपालिकामा यो दिवश मनाइएको छ । बाँफिकोट, सानीभेरी र त्रिवेणि गाउँपालिकाका महिलाहरुले पनि दिवश मनाएका छन् ।

पालिकाले धुमधाम र व्यवस्थि तवरले दिवश मनाए । खेलकुद, रचनात्मक, सृजनात्मक कार्यक्रम, प्रतिप्रस्धात्मक कार्यक्रम गरी दिवश मनाइएको छ । जिल्लामा सिमित हुने कार्यक्रम अब गाउँ गाउँमा हुन थालेको छ । स्थानीय तह बनेपछि कम्तिमा यो कार्यक्रम ठाउँ ठाउँमा हुन लागेको छ । सानो हुने कार्यक्रम ठूलो बनेर गएको छ । ‘पहिला कार्यक्रम कता हुन्थे के हुन्थ्यो थाहा हुन्नथ्यो, अब त हामी आफै कार्यक्रम गर्छौं,’ आठबीसकोट नगरपालिका ३, कि कमला बोहराले भन्नुभयो । जिल्लासम्म कार्यक्रम आउन नपाउनेहरु पालिकाको कार्यक्रममा सहभागि हुन सजिलो भएको भनाई उहाँको छ ।

पहिले पहिले जिल्लामै बस्नेहरुले कार्यक्रम तय गर्दथे । पछिल्लो समय स्वयम महिलाहरुले कार्यक्रम तय गर्ने र सहभागि हुने गरेका छन् । बाँफिकोट गाउँपालिका उपाध्यक्ष मनकला पुनले महिला आफै कार्यक्रम तय गर्ने र त्यसै अनुसारको कार्यक्रम गरेर नारी दिवश मनाउने गरिएको बताउनुभयो । गाउँपालिकाले पनि प्राथमिकताका साथ दिवश मनाउनका लागि बजेट विनियोजन गर्दै आएको पनि उपाध्यक्ष पुनले बताउनुभयो । मुसीकोट नगरप्रमुख देविलाल गौतमले नारी दिवशलाई नगरपालिकाले प्राथमिकताको कार्यक्रम राखेको बताउनुभो । बर्षमा आउने एउटा दिवशमा मात्रै नभएर महिलाको अधिकार सुनिश्चित कसरी गर्न सकिन्छ र भनेर पनि छलफल परामर्श हुने तथा त्यसै अनुसारका कार्यक्रम र बजेट पनि बाइरहेको नगरप्रमुख गौतमको भनाई छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update