Kakhara सबैको खबर सम्पूर्ण खबर
छवि बहुउद्देश्यीय सहकारीको नयाँ नेतृत्व चयन 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० मा रहेको छवि बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार सम्पन्न सहकारीको चौथो वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि सर्वसम्मत नयाँ संचालक समिति र लेखा समिति समिति चयन गरिएको हो । 

संचालक समितिको अध्यक्षमा टेकबहादुर कठायत, उपाध्यक्षमा सिमलाल ओली, सचिवमा अनिल खड्का र कोषाध्यक्षमा सम्झना कवँर तथा सदस्यहरुमा भुपेन्द्र खड्का, लालबहादुर खड्का, भुपप्रसाद परियार, तिल्सरी बिसी, कालु सुनार, गंगा बुढा र गीता बिष्ट चयन हुनुभएको छ । 

त्यस्तै लेखा समितिको संयोजकमा गोप्यश्वर केसी चयन हुँदा सदस्यमा अबिनास बुढा र बिमला खड्का चयन हुनुभएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update