वडा अध्यक्ष ओलीद्धारा जसिलालाई २० हजार उपचार खर्च सहयोग
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुन्दर ओलीले एक विरामीलाई व्यक्तिगत रुपमा २० हजार सहयोग गर्नुभएको छ । छाला सम्बन्धी विरामी सहिद खुमबहादुर घर्तीकी आमा जसिला घर्तीलाई घरमै पुगेर वडा अध्यक्ष ओलीले उपचार खर्च स्वरुप २० हजार नगद सहयोग गर्नुभएको हो ।
जसिलाले छाला सम्बन्धी रोगको नियमित रुपमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारमा थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग गरेको वडा अध्यक्ष ओलीले बताउनुभयो । जसिलाले काठमाडौंमा गएर पटक पटक उपचार गराइरहनुभएको छ ।
पटक पटक उपचार गराउन जाँदा लाग्ने खर्चमा केही मात्रामा भएपनि सहयोग पुगोस भनेर मासिक जनप्रतिनिधिको भक्ताबाट प्राप्त हुने रकम कटाएर सहयोग गरेको वडा अध्यक्ष ओलीको भनाई छ ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ १८:१३
प्रतिक्रिया दिनुहोस्