Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँ गाउँमा विप्लव नेतृत्वको नेकपा
पिपलमा गरिएको कोण सभामा सहभागिहरु ।

फागुन २१ गतेदेखि सार्वजनिक सभा, समारोह सुरु गरेको नेत्रक्रिम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा गाउँ पसेको छ । एकीकृत जनदिशा अभियान लिएर रुकुम पश्चिमको पार्टी गाउँ पसेको हो । पार्टीले बाँफिकोट गाउँपालिका २, पिपलदेखि कोण सभा गर्न सुरु गरेको हो । २३ गते पिपलमा कार्यक्रम गरेको नेकपाले २४ गते ३ र ४ नम्बर वडामा कोण सभा सम्पन्न गरेको छ ।

कोण सभामा पार्टी र सरकारबीच भएको बार्ताको भाव सम्प्रेशन र एकीकृत जनदिशा अभियानको विषयमा जनतालाई प्रष्ट पार्ने काम भइरहेको अभियानका सदस्य तथा अखिल क्रान्तिकारीका अध्यक्ष प्रेमप्रशान्त बोहराले जानकारी दिनुभयो । सरकारसँग वार्ता गर्नुपूर्व नै थालिएको यो अभियान निरन्तर चलिरहेको अध्यक्ष बोहराले बताउनुभयो । प्रतिबन्ध फुकुवा हुनु अघिका कार्यक्रमलाई परिमार्जन गरेर वार्ताको भाव सम्प्रेशन तथा एकीकृत जनदिशा अभियानका बारेमा विस्तृत बताउने कार्यक्रम बनाइएको छ ।

अभियान जिल्लाका सबै ठाउँमा लैजाने कार्यक्रम बनाइएको बोहराले जानकारी दिनुभएको छ । एक महिना अघि सुरु भएको यो अभियान अब ५ महिना चल्नेछ । अभियानमा पार्टीका जिल्ला सचिवालय सदस्य सफल, विद्यार्थीका जिल्ला अध्यक्ष बोहरा, युवाका अध्यक्ष बाबुराम विक, दलित मोर्चाका अध्यक्ष नेको लगायतको टोली खटिएको छ । सरकारसँग वार्ता हुनु अघि यो अभियान जनताकोमा जाने र जवजरजस्त सरकारलाई प्रतिबन्ध खारेज गर्न बाध्य पार्ने एजेण्डासहित सञ्चालन भइरहेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update