Kakhara सबैको खबर सम्पूर्ण खबर
झ्याङ गाउँका सुन्तला एकमुस्ट बिक्रि 
खरिद गरेर लैजादै गरेका सुन्तला ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० झ्याङ गाउँका सुन्तला एकमुस्ट बिक्रि भएका छन् । दाङका व्यापारीले गाउँमै पुगेर एकमुस्ट सुन्तला उठाएका हुन् । स्थानीय झुपलाल खड्काका सुन्तला एकमुस्ट बिक्रि भएको वडा कार्यालयले जनाएको छ । 

प्रतिकिलो २५ रुपैंयाका दरले सुन्तला बिक्रि भएको सुन्तला उत्पादक कृषक खड्काले बताउनुभयो । आफ्नो बारीमा फलेका ९ क्विन्टल सुन्तला दाङ देखि आएका ब्यापारीले बारीबाटै उठाएको उहाँको भनाई छ । गाउँबाट बजार टाढा रहेको र धेरै सुन्तला भएका कारण गाउँमै बिक्रि गर्ने अवस्था थिएन् । 

बारीमै व्यापारी पुगेपछि एकमुस्ट सुन्तला बिक्रि गरेको खड्काले बताउनुभयो । वडाको पहलमा उक्त सुन्तला लिन व्यापारी सुन्तला बारीमै पुगेका थिए । यसअघि खड्का सुन्तलाले बजार नपाउने चिन्तामा हुनुहुन्थ्यो । वडाध्यक्ष धनबहादुर खड्काका अनुसार वडाका अन्य किसानले भने यसअघि नै सुन्ताला बिक्रि गरिसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update