Kakhara सबैको खबर सम्पूर्ण खबर
१५ दिन लगाएर रिणदहमा प्रतिक्षालय निर्माण 
प्रतिक्षालयकाे काम सकिएपछि प्रतिक्षालयसंग फाेटाे खिचाउँदै वडाध्यक्ष सहित कामदार ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ८ रिणदहमा १५ दिन लगाएर प्रतिक्षालय निर्माण गरिएको छ । मध्यपहाडी लोकमार्गको छेवैमा १५ दिन लगाएर प्रतिक्षालय निर्माण गरिएको हो । आगन्तुकलाई लागि सहज होस भनेर प्रतिक्षालय निर्माण गरिएको ८ नम्बर वडा कार्यालयले जनाएको छ । 

प्रतिक्षालय निर्माण गर्नको लागि स्थानीय उपभोक्ता समिति सहितको १० जनाको समूह गाउँ टाढा भएकाले रातको सयममा पनि टेन्ट निर्माण गरेर सोही ठाउँकोे चौरमा बसेर प्रतिक्षालय निर्माणमा खटिएको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार रिणदह पुग्न गाउँ देखि हिडेर २ घण्टा समय लाग्ने भएकाले निर्माण अवधि १५ दिनसम्म रातको समयमा पनि काम गर्ने समूहले खाने बस्ने रिणदहको चौरमै गरेको । 

निर्माण उपभोक्ता समिति काम सम्पन्न गरि फिर्ता भइसकेको छ । उक्त ठाउँमा हिउँदको समयमा हिउँ पर्ने र फागुन देखि लालीगुँरास फुल्ने भएकाले आन्तरिक पर्यटक लगायत स्थानीयहरु घुम्न आउँछन् । सोही सययमा आराम गर्न सहज होस भनेर वडाले प्रतिक्षालय निर्माण गरेको हो । संगै नजिकै पानीको मुहान भएकाले त्यहाँ घुम्न आउने पर्यटकहरुलाई पानीको समस्या नहोस भनेर वडाले आउदो आर्थिक वर्ष वजेट विनियोजन गर्ने योजना बनाएको छ । 

प्रतिक्षालय निर्माण र लसुनबारी खोलाको ८ मिटर काठको पुल निर्माणको लागि सहरी शासकीय अन्तर्गत मुसीकोट नगरपालिकाबाट प्राप्त भएको ७ लााख बजेट खर्च हुने छ । प्रतिक्षालय निर्माण र काठे पुल निर्माणको लागि एउटै उपभोक्ता समिति छ । लसुनबारी खोलामा काठे पुल निर्माण छिट्टै सुरु हुने वडाध्यक्ष थापाले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update