रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वावलम्बी कृषि सहकारी संस्था को ११ औ साधारण सभा उद्घाटन भएको छ । वडाको पोखरामा साधारण सभा सुरु भएको हो । साधारण सभामा हालसम्मको बचत तथा गत वर्षको आम्दानी र खर्च विवरण पेश गरिएको छ ।
१२ सय ५२ जना शेयर सदस्य रहेको सहकारीमा अहिले ७१ लाख १९ हजार ४ सय ७० रुपैयाँ बचत रहेको छ । सहकारीका अध्यक्ष भगवती बिकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सहकारीले एक वर्षमा १ लाख ७४ हजार ३ सय ७१ रुपैयाँ खुद नाफा गरेको छ । एक वर्षमा सहकारीले १३ लाख २० हजार ४ सय १२ रुपैयाँको कारोबार गरेको छ ।
तलब खर्च, बार्षिक साधारण सभा खर्च, विद्युत खर्च, तथा सञ्चालक समिति खाजा खर्च लगायतका १२ वटा शिर्षकमा १२ लाख ९५ हजार ३ सय ६७ रुपैयाँ सहकारीले खर्च गरेको छ । साधारण सभा नयाँ नेतृत्व चयन गर्दै आजै सकिने भएको छ ।
सहकारी अध्यक्ष भगवती बिकको अध्यक्षतामा सुरु भएको साधारण सभा उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ रुकुम पूर्वका अध्यक्ष बसन्तकुमार श्रेष्ठको प्रमुख तथा जिल्ला समन्वय समिति सदस्य लालजित बुढा, कार्यवाहक वडा अध्यक्ष लछिराम खड्का, निवर्तमान वडा अध्यक्ष पशुपति खड्का लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीका सचिब दीपा खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहकारीका सह व्यवस्थापक सुष्मा केसीले गर्नु भएको थियो ।