Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाद्धारा ७ शिक्षककाे सरूवा

रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका अन्तर्गतको गाउँ शिक्षा समितिले पालिका भित्रका विभिन्न विद्यालयका ७ जना शिक्षकलाई सरुवा गरेको छ । बुधबार बसेको गाउँ शिक्षा समितिको बैठकले जनसहयोग आधारभूत विद्यालय माथिल्लो आमडाँडाका शिक्षकहरु कमानसिंह खड्कालाई नवचन्द्रज्योति आधारभूत विद्यालय गारछाला, हिरामणी ओलीलाई जनज्योति आधारभूत विद्यालय फुक्रुज्यूला, र नवचन्द्रज्योति आधारभूत विद्यालय गारछालाका शिक्षक सुमित्रा बिष्ट डाँगीलाई दिपज्योती आधारभूत विद्यालय चौखेमा सरुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै दिपज्योती आधारभूत विद्यालय चौखेका शिक्षक लालबिर ओली सरस्वती आधारभूत विद्यालय तल्लो आमडाँडा सरुवा हुनुभएकाे छ भने सरस्वती आधारभूत विद्यालय तल्लो आम्डाँडाका शिक्षक कमला शर्मालाई कालिका आधारभूत विद्यालय फुक्रुमा, कालिका आधारभूत विद्यालय फुक्रुकी टिका गौतम र जनज्योति आधारभूत विद्यालय फुक्रुज्युलाका मन्जित ओलीलाई जनसहयोग आधारभूत विद्यालय माथिल्लो आमडाँडामा सरुवा गर्ने निर्णय भएकाे शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपालसिंह विष्टले जानकारी दिनुभयो ।  

शिक्षा समितिको बैठकले सूर्योदय मावि वेल्टापूमा विज्ञान प्रयोगशाला र सरस्वती मावि अर्मामा पुस्तकालय स्थापना गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका भित्रका विद्यालयहरुमा माघ २ गते देखि १५ गते सम्म हिउदे बिदा गर्ने, फाल्गुन ३ गते देखि ६ गते सम्म राष्ट्रपती रनिङ शिल्ड सञ्चालन गर्ने, कक्षा १ देखि ५ सम्मका शिक्षकहरुका लागि अंग्रेजी माध्यममा शिक्षण सम्बन्धी क्षमता विकास तालिम पौष २६ गते देखि २८ गते सम्म संचालन गर्ने निर्णय समेत गरेको छ ।

भेरीदोभान मावि चाइनाबगरमा कक्षा ९-१० को नेपाली विषयको शिक्षक र तिमिले पोखरी प्रारम्भिक बालबिकास केन्द्रमा विद्यालय सहयोगीको नयाँ दरबन्दी दिने निर्णय पनि भएकाे छ । सानीभेरी गाउँपालिका भित्रका कुनै पनि विद्यालयमा सट्टा शिक्षक राख्न नपाउने प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्ने र विभिन्न विद्यालयमा अध्यापनरत स्थायी शिक्षकहरुबाट प्रधानाध्याक हुनको लागि  अभिरुची फाराम भर्न आवेदन आह्वान गर्ने समेत निर्णय भएकाे शाखा प्रमुख विष्टकाे भनाइ छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update