Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीको नार्जिमा नारी दिवश

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पनि एक कार्यक्रम गरी मनाइएको छ । चौरजहारी नगरपालिकाको आयोजनामा वडा नम्बर ७ को नार्जिमा एक औपचारीक कार्यक्रम गरी दिवश मनाइएको हो ।  प्रमुख अतिथि नगर प्रमुख विशाल शर्माले राज्यले कामको हिसाबले कुनै असमान नगरेको बताउनुभयो ।

'कानुनमा पनि विभेद छैन् , केही ठेकदार कम्पनीहरुले ठग्ने काम गरेका छन् । हामी क्षमता अनुसारको काम , काम अनुसारको दामको प्रक्रियामा छौँ,' नगर प्रमुख शर्माले भन्नुभयो 'अदक्ष , दक्ष र अर्धदक्ष कामदारहरु हुन्छन् सोही अनुसार ज्याला पाउँछन् । नगर प्रमुख शर्माले नेतृत्व विकासमा एक ठाउँमा मात्र कार्यक्रम गरेर हुदैन, टोलटोलमा पुगेर नेतृत्व विकास सम्बन्धि तालिम गर्नोस् नगरपालिकाले सहयोग गर्छ ।'

कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ जिल्ला कार्य समिति सदस्य कल्याणी खड्काले माक्सवादी विचार मान्ने महिलाहरुले यो अन्तर्राष्ट्रिय महिला दिवश भएपनि श्रमिक महिला दिवस भनेर मान्ने गरेको बताउनुभयो । महिलाहरु आर्थिक, मानविय, र सामाजिक तरिकाले विकास हुनु आवश्यक भएको खड्काले बताउनुभयो । उप प्रमुख राधा रोकाको अध्यक्षता रहेको कार्यक्रममा सपना बिष्ट कार्कीको सञ्चालन रहेको थियोे । कार्यक्रममा जिल्ला तथा स्थानीय महिला नेतृहरु उमादेवी सुनार , हिरा शर्मा , डन्डी कार्की , मन्सरा मल्ल , चमेली सुनार लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update