Kakhara सबैको खबर सम्पूर्ण खबर
माघीको अवसरमा महतमा विविध खेलकुद हुने 
महत गाउँ ।

माघी संक्रान्ति पर्वको अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महतमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । विजय दीप युवा क्लवले महिला पुरुष भलिबल, पुरुष फुटबल, धनुषवाण, रसाकसी, पुरुष ५ हजार र महिला ३ हजार मिटर दौड, नृत्य र लोक दोहरी प्रतियोगिता आयोजना गरेको हो । 

पुरुष भलिबलको विजेताले ५२ हजार, उप विजेताले ३२ हजार, तृतियले २२ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा शान्त्वनाले १२ हजार नगद र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । महिला भलिबलको विजेताले ३२ हजार, उप विजेताले २२ हजार, तृतियले १२ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउँदा शान्त्वनाले ८ हजार र प्रमाणपत्र पाउने छ । 

फुटबल प्रतियोगिताको विजेताले २५ हजार नगद, कप, उप विजेताले १५ हजार, तृतियले १० हजार मेडल र प्रमाणपत्र तथा शान्त्वनाले ५ हजार र प्रमाणपत्र पाउँदा धनुषवाणको प्रथमले १० हजार मेडल र प्रमाणपत्र पाउँने खेल संयोजक धर्म बुढाले जानकारी दिनुभयो । रसाकसीको विजेताले खसी पुरस्कार पाउने छ । 

५ हजार मिटर पुरुष दौडको प्रथमले ४ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार, ३ हजार मिटर महिला दौडको प्रथमले ३ हजार, द्धितियले २ हजार र तृतियले १ हजार, नृत्यमा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार तथा लोक दोहरीमा प्रथमले ४ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि पौष ३० गतेसम्म टिम दर्ताको समय तोकिएको छ भने प्रतियोगिता माघ २ गते देखि सुरु हुने छ ।

322939352_883511619357297_5329790074358867351_n1673333285.jpg

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update