Kakhara सबैको खबर सम्पूर्ण खबर
कैदीबन्दीलाई फलफूल र पुस्तक
कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे ।

जिल्ला कारागार रुकुम पश्चिममा रहेका कैदीबन्दीलाई पुस्तक र फलफूल वितरण गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा केन्द्र र चौरजहारी सामुदायिक विकास केन्द्रद्धारा संचालित रेडियो आफ्नो एफ.एम. ९०.४ मेगाहर्ज ७ औं वार्षमा प्रवेश गरेको अवसरमा कैदीबन्दीलाई फलफूल र पुस्तक उपलब्ध गराइएको हो । 

रेडियोका स्टेशन म्यानेजर गोपालप्रसाद रेग्मीका अनुसार विभिन्न उत्प्रेरणामूलक ३२ थान पुस्तक र स्याउ, केरा, सुन्तला लगायतका फलफूल वितरण गरिएको हो । त्यस्तै कैन्दीबन्दी र सुरक्षाकर्मीका लागि ३ वटा अक्सिमिटर समेत उपलब्ध गराइएको उहाँले बताउनुभयो । रेडियोको वार्षिकोत्सवको अवसरमा आज बिहान कारागारमै पुगेर उक्त सामग्री उपलब्ध गराइएको उहाँको भनाई छ । 

325154991_1449347628806869_4353336475148834172_n1673418295.jpg
कैदीबन्दीलाई वितरणका लागि लगिएका फलफूल ।

करिब ११ हजार बराबरका पुस्तक र कारागारमा रहेका सबै १ सय २६ जना कैदीबन्दीलाई पुग्ने गरी फलफूल उपलब्ध गराइएको रेग्मीले बताउनुभयो । अक्सिमिटर भने पुरुष कैदीबन्दी, महिला कैदीबन्दी र सुरक्षाकर्मीका लागि एक एक वटाका दरले दिइएको उहाँले बताउनुभयो । हरेक वर्ष विभिन्न सामाजिक काम गरेर वार्षिकोत्सव मनाइरहेकोमा यो वर्ष कारागारामा रहेका कैदीबन्दीलाई सहयोग गरेको स्टेशन म्यानेजर रेग्मीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे र मानव विकास तथा सामुदायिक सेवा केन्द्रका रेडियो विभाग संयोजक विजय मानन्धरले फलफूल र पुस्तक कैन्दीबन्दीलाई हस्तान्तरण गर्नुभएको हो । फलफूल र पुस्तक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सकारात्मक सोँचको विकास गर्न कैदीबन्दीहरुलाई आग्रह गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update