रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा विविध खेलकुद र साँस्कृतिक कार्यक्रम सुरु भएको छ । परम्परागत पापिनी मेला तथा माघे संक्रान्तिको अवसरमा सहिद कामी बुढा–बिजय–छहरा युवा क्लबले विविध खेलकुद र साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
प्रतियोगिता मंगलबार देखि सरु भएको हो । मेलामा महिला, पुरुष भलिबल, व्याटमिन्टन, विभिन्न एकल तथा युगल नृत्य, लोक दोहोरी, डोरी तान्ने, भाले तान्ने, घैंटोफोर जस्ता खेलकुद प्रतियोगिता संचालन हुने छन् भने स्थानीय आमा–महिला समूह, बाबु समूह र नाच समुहको प्रस्तुति पनि रहेन बताइएको छ ।
प्रतियोगितामा विजयी हुने समूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्थानीय तहको पहिलो निर्वाचन २०७४ पछि सहिद कामी बुढा, बिजय र छहराको सम्मान र सम्झनामा सहिद कामी बुढा पार्कमा मेला लगाउन सुरु गरिएको हो । मेला माघ १ गतेसम्म संचालन हुने सहिद कामी बुढा–बिजय–छहरा युवा क्लबले जनाएको छ ।