Kakhara सबैको खबर सम्पूर्ण खबर
सिटिजन लाइफ इन्स्योरेन्स रुकुम पश्चिमद्धारा घातक रोग दाबी रकम वितरण 
कल्पना ओलीलाई घातक रोग दाबी रकम प्रदान गर्दै मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी र सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख कर्मा खड्का ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखाले एक जना विमितलाई घातक रोग दाबी रकम वितरण गरेको छ । आज मुसिकोट खलंगामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले मुसिकोट नगरपालिका ५ घोयलपानीकी कल्पना ओलीलाई १० लाख दाबी रकम वितरण गरेको हो । 

ओलीले १० लाखको जीवन बीमा गर्नुभएको छ भने हालसम्म २ किस्ता वाफत १ लाख ५३ हजार २ सय ६६ रुपैंया तिर्नुभएको छ । मुटु रोग पीडित ओलीले १० लाखको जीवन बीमा गरेकोले विमांक रकम बराबरकै १० लाख रुपैंया वितरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखा प्रमुख कर्मा खड्काले जानकारी दिनुभयो । 

‘जीवन सारथी’ जीवन बीमा योजना अन्तरगत नेपाल सरकारले सुचिकृत गरेका विभिन्न प्रकारका घातक रोग लागेकाहरुलाई जति रकमको बीमा गरेको छ सोही बराबरको दाबी रकम उपलब्ध गराउने कम्पनीको कार्यक्रम अनुसार ओलीलाई आज १० लाख दाबी रकम मध्ये निमानुसार कर कटाएर ९ लाख ५७ हजार ६ सय ६३ रुपैंया हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

आज एक कार्यक्रमका विच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र शाखा प्रमुख खड्काले उक्त दाबी रकम विमित ओलीलाई प्रदान गर्नुभयो । ओलीको मुटको भल्वको अप्रेशन गरिएको छ । उहाँलाई मुटु रोग रहेको थाहा पाएपछि अस्पतालले रोग पुष्टि गरेको कागजका आधारमा सहजै दाबी रकम उपलब्ध गराइएको शाखा प्रमुख खड्काले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले दुःख पर्दा काम लाग्ने भएकोले बीमा कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । त्यस्तै दाबी रकम पाउने ओलीले विना कुनै झन्झट अस्पतालले रोग पुष्टी गरेको कागज देखाएर सहजै दाबी रकम प्राप्त गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, ५ का अध्यक्ष समिरजंग मल्ल, १० का अध्यक्ष धनबहादुर खड्का, १ का वडा सदस्य धनमाया नेपाली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर लोकबहादुर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update