नेकपा माओवादीका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । शर्मा संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभयाे । २५ जना सांसदकाे हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएकाे थियाे ।
कर्णाली प्रदेश सभा ४० जना सदस्यीय रहेकाे छ । मुख्यमन्त्रीकाे बहुमतका लागि लागि २१ सिट आवश्यक पर्थ्यो । शर्मालाई माओवादी केन्द्रकाे १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सदस्यले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुईरदुई वर्ष गर्ने सहमति भएको छ । जसअनुसार पहिलाे कार्यकालका लागि माओवादीका शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । दोस्रो कार्यकालका लागि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्नुहुने छ ।