Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयाे
माल्यार्पनका लागि कालिकास्थानमा राखिएकाे पृथ्वीनारायणकाे फाेटाे ।

रुकुम पश्चिममा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ सय १ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । राप्रपाले खलंगा बजार परिक्रममा गरी कालिकास्थानमा पुगेर पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण र अविरआवरण गरेको थियो । 

त्यस्तै उहाँको सम्झनामा केही नेताले  मन्तव्य पनि राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य दीपककुमार मल्लले नेपाललाई एकीकरण गर्न पृृथ्वीनारायण शाहको भूमिकालाई उच्च मुल्यांकन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि भुल्न नहुने बताउनुभयो । अहिले गर्वका साथ नेपाली हुँ भन्ने अवस्थाको सृजना पृथ्वीनारायणकै कारण सम्भव रहेको उहाँको भनाई थियो । 

साथै उहाँले पुष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई धन्यवाद पनि दिनुभएको थियो । राप्रपा जिल्ला कार्यसमिति रुकुम पश्चिमले आयोजना गरेको दिवस विशेष कार्यक्रमको संचालन जिल्ला सदस्य रमेश विकले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update