Kakhara सबैको खबर सम्पूर्ण खबर
एउटै शिक्षकका लागि तीन पटक विज्ञापन, आवेदन नपरेपछि विषय परिवर्तन 

रुकुम पश्चिमको एक विद्यालयमा एउटै शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खोलिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ को वालशिक्षा आधारभूत विद्याालय गैरिनेटाले निमावि तह संघीय शिक्षण सिकाई अनुदान कोटामा एउटै शिक्षकका लागि हालसम्म तीन पटकसम्म विज्ञापन खोलेको छ । तर अझै पनि शिक्षक नियुक्ति हुन सकेको छैन् । पहिलो पटक साउन २० गते विज्ञान विषयको शिक्षक आवश्यकताको विज्ञापन गरिएको थियो । विद्यालयले दोस्रो पटक असोज २ गते पुनः सोही विषयको शिक्षक आवश्यकताको सूचना निकाल्यो । 

तर पुस २४ गते भने विषय परिवर्तन गरी गणित विषयको विज्ञापन गरिएको छ । त्यसको अन्तिम मिति माघ ३ गतेसम्म रहेको विद्यालयले जनाएको छ । पहिलो पटक साउन २० गते स्थानीयलाई जानकारी नै नदिई प्रध्यानाध्यापक र शिक्षक अनुकुल आफ्ना मान्छेलाई नियुक्त गर्ने गरी सूचना आह्वान गरेको भन्दै स्थानीयले विरोध गरेपछि विद्यालयले गल्ति भएको भन्दै पुनः विज्ञापन गरेको थियो । असोज २ गते विद्यालयले पुनः विज्ञान विषयकै विज्ञापन गरेको थियो ।  

तर दोस्रो पटक आह्वान गरेको विज्ञान विषयको विज्ञापन अनुसार कसैले पनि आवदेन नदिएपछि तेस्रो पटक विद्यालयले शिक्षक आवश्यकताको सूचना जारी गरेको छ । यस पटक भने विद्यालय व्यवस्थापन समिति, शिक्षक र स्थानीयको निर्णय अनुसार विषय परिवर्तन गरी गणित विषयको शिक्षकको विज्ञापन गरिएको प्रध्यानाध्यापक चन्द्रमुनी ओलीले बताउनुभयो । विज्ञान शिक्षकका लागि आवेदन नपरेको र विद्यालयको आवश्यकता अनुसार गणित विषयको शिक्षकको लागि विज्ञापन गरिएको उहाँको भनाई छ । 

संघीय शिकाई अनुदान कोटामा अग्रेंजी, विज्ञान, गणित विषय मध्य विद्यालयको आवश्यकता अनुसार कुनै एक विषय शिक्षक भर्ना गर्न सकिने व्यवस्था अनुसार गणित शिक्षकको लागि विज्ञापन गरिएको प्रअ ओलीको भनाई रहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update