Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदर्ता प्रमाण-पत्रमा किर्ते हस्ताक्षर गरेपछि .....

जन्मदर्तामा किर्ते हस्ताक्षर गर्ने २ जना धरौटीमा रिहा भएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ५ रगालगाउँका १९ वर्षिय चन्द्रबहादुर मल्ल र सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गोविन्द विक पक्राउ परेका थिए । यो घटनामा संलग्न भएको आरोप लागेको आठबीसकोट नगरपालिका ४ का मरिचमान बिष्ट भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ परेका मध्ये चन्द्रबहादुर मल्ल २ लाख र कार्यालय सहयोगी गोविन्द विक १ लाख ५० हजार धरौटीमा रिहा भएका हुन् ।

चन्द्रबहादुर मल्लले आफ्नो जन्मदर्तामा स्थानीय पञ्जिकाधिकारीको हस्ताक्षर नभएपछि मरिचमान बिष्टलाई किर्ते हस्ताक्षर गर्न लगाएका थिए । तत्कालिन पञ्जिकाधिकारीको हस्ताक्षरको फोटो खिचेर कार्यालय सहयोगी विकले मल्ललाई पठाइदिएका थिए । शंकास्पद लागेपछि सोधपुछ गर्दा किर्ते हस्ताक्षर गरेको पाइएपछि उनिहरुलाई प्रहरीले गत मंसिर २८ गते पक्राउ गरेको थियो । प्रहरी अनुसन्धान पछि पौष २३ गते मुद्धा जिल्ला अदालतमा बुझाइएको थियो । अदालतले पौष २५ गते उनिहरुलाई धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।   
 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update