Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकामा जथाभावी सवारी पार्किङ गरे ५ हजारसम्म जरिवाना हुने 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगरपालिका भित्र सडक तथा सार्वजनिक स्थलमा जथाभावी पार्किङ नगर्न सचेत गराएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगर क्षेत्र भित्रका सडक र सार्वजनिक स्थलमा यातायातका साधन जथाभावी पार्किङ नगर्न सचेत बनाएको हो । सडक क्षेत्र मिचि सामान नराख्न, पशु चौपाय छाडा नछोड्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै सवारी साधनलाई बाधा हुने गरी होर्डिङ बोर्ड नराख्न, सडकमा फोहोर नगर्न पनि सचेत गराइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार छड लगाएतका निर्माण सामग्री ट्याक्टरमा ढुवानी गर्दा सडकमा क्षति भइ सडक दुर्घटनाको जोखिम भएकाले उक्र कार्य नर्गन र नगराउन पनि भनिएको छ ।

सूचनाको अवज्ञा गरी उल्लेखित कार्य गरेमा चौरजहारी नगरपालिकाको आर्थिक ऐन २०७९ बमोजिम ५ सय देखि ५ हजार सम्म जरिवाना हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जारी गरेको सूचमा उल्लेख गरिएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update