जाउँ भन्दा मान्दिनौ नखरा धेरै भो
अव मैले अर्कै रोज्ने खतरा धेरै भो
रुकुम पश्चिमका गजलकार जि.एम.दीपु देपेन्द्रले गजल गित ‘खतरा’ बजारमा ल्याउनुभएको छ । दिपेन्द्रले कोरेका शब्दमा स्वर र संगित चर्चित गजल गायक ठानेश्वर गौतमले भर्नुभएको छ । उक्त गित शुक्रबार ठानेश्वर गौतम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गितको भिडिओमा आशिष ओली, गीता ढुंगाना र श्वाभिमान सुवेदीकोे अभिनय रहेको छ ।
भिडिओमा त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ । आफुले मन पराएकी मान्छेले वास्ता नगरेपछि मनमा उब्जिएका विभिन्न भावनालाई गितमा उतारिएको छ । भिडिओको अन्तिममा ट्विस्ट आउँछ । त्यसबारेमा थाहा पाउन भिडिओ हेर्नुपर्ने हुन्छ । भिडिओको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । गितले राम्रो प्रशंसा बटुलिरहेको छ ।
यसरी सृजना भयो गित
गत साल थानेश्वर गाैतमको आवाजमा बजारमा गजलकार जीवन विश्वकर्माको ‘बेचेर सपना’ गजल निकै चलेको थियो । टिकटकमा पनि खुबै रुचाइएको थियो । गायक थानेश्वरको टिकटकमा टिकटक बनाउदै गर्दा मैले लेखेको थिए म थानेस्वरको गजल गायनको ठूलो स्रोता हुँ । एकदिन हजुरको आवाजमा मेरो एउटा गजल पनि रेकर्ड गराउने ठूलो सपना छ । पछि थानेश्वर सरले टिकटकमा सामान्य प्रतिक्रिया दिएपछि फेसबुकमा कुरा भयो । मलाई उहाँले मेरो गजलहरु हेरौँ न भन्नु भयो । मैले उति नै खेर मेरो यो बजारमा अहिले रिलिज भएको गजलको सुरुको अन्तरा (मतला) पठाइदिए । उहाँले एकदमै रुचाउनु भएछ । लगत्तै म्युजिक भरेर पठाइदिनु भयो । पछि मैले गजल पुरा गरेर गजल रेकर्ड सम्पन्न गरियो । गजल पोहोर साल नै बजारमा आउनु पर्ने थियो तर बिचमा विविध कारण वश रोकिएर हालै मात्र भिडियो तयार भएपछि गजल बजारमा आएको हो । -जि.एम.दीपु देपेन्द्र
भिडिओ