Kakhara सबैको खबर सम्पूर्ण खबर
अवैध रुपमा काटेको काठ बरामद, काट्ने व्यक्ति फरार 
अवैध रुपमा काटिएकाे काठ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० मा अवैध रुपमा काटिएको रुख बरामद गरिएको छ । चौफा सव डिभिजन कार्यालयले शुक्रबार राती अवैध रुपमा कटान र चिरान भइरहेको खोटेसल्लाको काठ बरामद गरेको हो । सल्लाको ५ थान गोलिया, ३४ थान चिरानी र १० थान ठुट्टा काठ बरामद गरिएको डिभिजन वन कार्यालय प्रमुख शेरबहादुर परियारले बताउनुभयो ।

रुख कटानमा संलग्न व्यक्ति भने फरार रहेको उहाँले बताउनुभयो । रुख काट्ने व्यक्तिको पहिचान भइसकेको र अन्यको संलग्नताका विषयमा समेत अनुसन्धान चलिरहेको उहाँको भनाई छ । यो मुद्दाको फाइल सव डिभिजन कार्यालयबाट प्राप्त भएपछि थप अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गर्ने प्रमुख परियारले बताउनुभयो ।

किटानी भएका व्यक्ति विरुद्ध गैर कानूनी रुपमा रुख कटानी तथा चिरानीको मुद्धा अघि बढाइने वन कार्यालयले जनाएको छ । तर कार्यालयले उक्त व्यक्तिको परिचय भने खुलाएको छैन् । 
 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update