Kakhara सबैको खबर सम्पूर्ण खबर
पाेखरामा भएकाे विमान दुर्घटनास्थलबाट ३२ जनाकाे शव निकालियाे

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update