Kakhara सबैको खबर सम्पूर्ण खबर
शोकमा खलंगा बजार बन्द 
बन्द खलंगा बजार ।

आज खलंगा बजार बन्द गरिएको छ । खलंगाको कालिकास्थान नजिकै अनिल इलेक्ट्रोनिक्स पसल संचालन गर्दै आएका पूर्णबहादुर बिकको निधन र आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज खलंगा बजार बन्द गरिएको हो । रुकुम उद्योग वाणिज्य संघले विकको निधन र पोखरा दुर्घटनामा दुःख व्यक्त गर्दै शोकमा आज एक दिन खलंगा बजार बन्द गर्न आग्रह गरेको थियो ।

सोही अनुसार आज खलंगा बजार बन्द रहेको रुकुम उद्योग वाणिज्य संघका संयोजक पहलबहादुर खड्काले बताउनुभयो । बिहानै देखि बजारका सबै पसलहरु बन्द रहेका छन् । उद्योग वाणिज्य संघले व्यवसायी विकको निधनले सम्पूर्ण व्यवसायमा आवद्ध रुकुमेली व्यवसायीप्रति ठूलो क्षेति पुर्याएको जनाएको छ । साथै मृतकप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

विकको आइतबार उपचारको क्रममा नेपालगञ्जमा निधन भएको थियो । साथै रुकुम उद्योग वाणिज्य संघले पोखरामा आइतबार भएको विमान दुर्घटना प्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रदाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । दुवै घटनाको शोकमा आज खलंगा बजार बन्द गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरिएको संयोजक खड्काको भनाई छ ।
 
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update