प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले आइतबार पोखरामा भएको विमान दुर्घटनामा परि संगठनका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । आज शोक वक्तव्य जारी गर्दै संगठनले पौडलको निधनले प्रेस सेन्टरलाई मात्र नभई सिंगो जनपक्षीय पत्रकारिताको क्षेत्र र सम्पूर्ण संचार जगतमा अतुलणीय क्षती पुगेको जनाएको छ ।
सानैदेखि क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध हनुभएका पौडेल पोखराबाट प्रकाशीत हुने हटलाइन दैनिक पत्रिकाको सम्पादक, प्रकाशक रहनुभएको थियो । २०४३ भदौ ५ गते पर्वतको आर्थरडाँडाखर्कमा जन्मनुभएका पौडेल एक असल र कुशल पत्रकार क्रान्तिकारी युवा हुनुहुन्थ्यो, उहाँको निधनले निकै मर्माहत बनाएको छ–संगठनका जिल्ला सचिव नारायण ओलीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।
शोक वक्तव्य मार्फत विमान दुर्घटनामा ज्यान गुमाउने पौडल सहित सम्पूर्णमा श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।