Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट देखि पेउघासम्म भाेलीबाट वस सेवा संचालन हुँदै 
पहिलाे पटक पेउघा पुगेका वस ।

रुकुम पश्चिमको मुसिकोट खलंगा देखि त्रिवेणी गाउँपालिका वडा नम्बर ९ को पेउघासम्म पहिलो पटक वस सेवा संचालन हुने भएको छ । रुकुम सिस्ने यातायात समितिले भोली देखि खलंगा–पेउघा वस संचालन गर्न लागेको हो । त्यसका लागि समितिका २ वटा वस पेउघा पुगिसकेका छन् ।

भोली बिहान ८ बजे पहिलो पटक पउघाको टुनिबोटबाट यात्रु लिएर वस खलंगाका लागि प्रस्थान गर्ने छ । नुवाकोटडाँडासम्म वस संचालन गर्ने योजना भएपनि बाटो अप्ठेरो भएका कारण अहिले तत्काललाई टुनिबोटसम्मका लागि वस संचालन हुन लागेको वस चालक मेगबहादुर ओलीले बताउनुभयो । 

मुसिकोट–बैरागीठाँटी–पेउघा–नुवाकोट हुँदै चौरजहारी ग्रामिण सडकखण्ड अन्तरगत पहिलो पटक वस संचालन हुन लागेको हो । अव नियमित दैनिक रुपमा पेउघाबाट खलंगाका लागि बिहान ८ बजे र खलंगाबाट पेउघाका लागि दिउँसो ३ बजे वस छुट्ने बताइएको छ ।

पेउघावासीले दैनिक वसको यात्रा गरी खलंगा आउजाउ गर्न पाउने भएका छन् । पहिलो पटक वस संचालन हुन लागेपछि स्थानीय हर्षित भएका छन् । यसअघि एउटा जिप संचालनमा रहेपनि यात्रुको चाप धेरै हुँदा धेरै यात्रुहरु पैदल हिड्न र कोचिएर यात्रा गर्न बाध्य थिए । तर अव भने वसमा सहज यात्रा गर्न पाइने स्थानीय पहल ओलीले विश्वास व्यक्त गर्नुभयो । 

खलंगा आउनका लागि झुल्नेटा पुग्नुपर्ने वा पैदल हिडेर वैरागीठाँटीसम्म पुग्नुपर्ने बाध्यतामा रहेका त्यस क्षेत्रका स्थानीय अव भने टुनिबोटबाटै खलंगासम्म वसमा चढेर यात्रा गर्न पाउने भएपछि हर्षित भएको ओलीले बताउनुभयो ।
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update