Kakhara सबैको खबर सम्पूर्ण खबर
विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा मुसिकोटमा दीप प्रज्वलन
दीप प्रज्वलन ।

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा दीप प्रज्वलन गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै यात्रुको सम्झनामा सोमबार साँझ दीप प्रज्वलन गर्दै दीवंगत प्रति श्रदाञ्जली अर्पण गरिएको हो । जिल्लास्थित बैंक तथा वित्तिय संस्थाहरुले मुसिकोट खलंगाको त्रिवेणी चोकमा दीप प्रज्वलन गर्दै मृतकप्रति श्रदाञ्जली व्यक्त गरेका हुन् ।

७२ वटा मैन बत्ती बालिएको थियो । साथै मृतकको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । यो कार्यक्रममा जिल्लास्थित बैंक तथा वित्तिय संस्थाहरुमा कार्यरत व्यक्तिहरु, सुरक्षाकर्मी, पत्रकार तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update