Kakhara सबैको खबर सम्पूर्ण खबर
प्राथमिक तहका प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र रुकुम पश्चिम

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले प्राथमिक तहका प्रशिक्षक उत्पादन थालेको छ । जसका लागि पार्टीको जिल्ला स्कुलिङ विभागले आजदेखि मुसिकोटमा प्रशिक्षक सीप विकास कार्यशाला आयोजना गरेको छ । जसमा जिल्लाका सबै पालिकाबाट ५/५ जनाका दरले ३० जनाको सहभागिता रहेको छ । 

उनिहरुलाई मुख्य गरी प्रशिक्षण कला विकासका लागि सिकाइरहेको पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । सहभागीहरुलाई नै प्रशिक्षण संचालन गर्न दिने र सहजिकरण टोलीले त्यसमा सल्लाह सुझाव दिइरहेको उहाँले बताउनुभयो । कार्यशाला तीन दिने रहेको छ । 

यो कार्यशाला पश्चात जिल्लामा माओवादीका ३० जना प्राथमिक तहका प्रशिक्षकहरु तयार हुने छ । उनिहरुले पालिका स्तरमा प्राथमिक तहका पार्टी सदस्य र कार्यकर्तालाई नियमित प्रशिक्षण गर्ने जिल्ला संयोजक रोकाले बताउनुभयो । 

कार्यशालाको सहजिकरण पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला स्कुलिङ विभाग प्रमुख वसन्तकुमार शर्मा कुशल, जिल्ला संयोजक गोविन्द रोका सचिन, जिल्ला स्कुलिङ विभागका मोहनकिशोर ओली, धर्मबहादुर केसी र नरबहादुर खत्रीले सहजिकरण गरिरहनुभएको छ । कार्यशाला मुसिकोट ५ स्थित सहिद प्रतिष्ठानको सभाहलमा जारी छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update