गजलकार जि.एम. दीपु देपेन्द्रको गजल गित ‘खतरा धेरै भो’ युट्युवको १० नम्बर ट्रेण्डिङमा परेको छ । युट्युवमा पोष्ट भएको ४ दिनमा १० नम्बर टे«ण्डिङमा पर्न सफल भएको हो । यो गित लगातार उकालो चढिरहेको छ । लगातार उकालो चढ्दै ४ दिनमै गित युट्युवको १० नम्बर टे«ण्डिङमा परेको यस गितका शव्द रचनाकार देपेन्द्रले बताउनुभयो ।
गितले सवत्र चर्चा कमाउन सफल भएको उहाँको भनाई छ । युट्युव, टिकटक, फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालहरुमा गितले चर्चा पाइरहेको उहाँले बताउनुभयो । यो गित बुधबार दिउँसो १ बजेसम्म युट्युवमा १ लाख ५३ हजार पटक हेरिएको छ । गित थानेश्वर गौतम युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गितमा चर्चित गजल गायक थानेश्वर गौतमले स्वर दिनुभएको छ भने आशिस ओली, गीता ढुंगाना र स्वाभिमान सुवेदीको अभिनय रहेको छ । गितमा त्रिकोणात्मक प्रेमलाई दर्शाउन खोजिएको छ ।