Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले कार्यालयमा नयाँ बोर्ड

माओवादी केन्द्र र नेकपा एमाले व्यूँतिएपछि पार्टी आ–आफ्नो काममा लागेका छन् । नेकपा एमालेले रुकुम पश्चिमको पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । केन्द्रीय सदस्य खेममान खड्का, नन्दराम देवकोटा, ओली पक्षका जिल्ला अध्यक्ष टंकप्रसाद ओली लगायत नेता कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको बोर्ड राखेका हुन् ।

जिल्ला सदरमुकाम खलंगा स्थित बागबजारमा रहेको मदन आश्रित भवनमा पार्टीको बोर्ड राखिएको हो । यस अघि पनि उक्त भवन नेकपा एमालेको पार्टी कार्यालय हो । एमाले र माओवादीको एकतापछि यो कार्यालय नेकपाको कार्यालय भएको थियो । सर्वोच्च अदालनको २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र व्युताइदिएपछि एमालेले अब आफ्नै बोर्ड राखेर कार्यालय सञ्चालन थालेको हो ।

कार्यालयमा यस अघि लगाइएका ताला तोडेर अरु ताला लगाइएको छ । बोर्ड राख्ने कार्यक्रमलाई जिल्ला अध्यक्ष ओली र केन्द्रीय सदस्य खड्काले सम्बोधन गर्नुभएको थियो । खड्काले विधि, पद्दती विरुद्ध लागेका पार्टीको एकता कायम हुन नसकेको बताउनुभयो । सर्वोच्चको पछिल्लो फैसलाबाट एमालेजन खुसी भएको खड्काको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update