Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकामा मृत्यु भएका कुशुमका छोरा छोरीलाई अमेरिकाबाट १७ लाख सहयोग प्राप्त 
मृतक कुशुमका छाेरा र छाेरी ।

वैदेशिक राेजगारीका क्रममा अमेरिकामा मृत्यु भएका रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ नाथिगाडका कुशुम केसीका छोरा छोरीलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । पुगेको छोटो समयमै ह्दयघात भएर मृत्युु भएका केसीका छोरा, छोरीलाई आर्थिक सहयोग प्राप्त भएको हो । मृतक केसीका श्रीमती, एक छोरा र १ छोरी रहेका छन् । अमेरिकामै रहनुभएका समाजसेवी युवा प्रेमबहादुर रावतको पहलकदमीमा अमेरिकामा बस्दै आएका नेपाली युवाहरुबाट १७ लाख ४ हजार आर्थिक संकलन गरि मृतकका छोरा छोरीका लागि पठाइएको छ ।

उनिहरुको पढाइलेखाइमा सहयोग पुर्याउने उद्देश्यका साथ संकलन गरिएको रकम कुमारी बैंकको ‘कुमारी धनबृद्धि 5x प्रिमियम खाता’ मा जम्मा गरिएको पहलकर्ता रावतले बताउनुभयो । उहाँका अनुसार छोरा प्रिन्स केसी र छोरी प्रिन्सेस केसीको नाममा समान ८ लाख ५२ हजारका दरले १७ लाख चार हजार १४ बर्षका लागि फिक्स डिपोजिट गरिएको छ । यो रकम १४ वर्ष अघि निकाल्न पाइने छैन् । १४ वर्षमा ४२ लाख ६० हजारका दरले दुई भाइ बहिनीले ८५ लाख २० हजार प्राप्त गर्ने छन् भने खाता स्वतः निष्कृय हुने रावतको भनाई छ ।

सहयोग प्राप्त गरेपछि पीडित परिवारले सहयोग गर्नेहरुलाई धन्यवाद दिएको छ । रोजगारीका क्रममा श्रीमानको मृत्यु भएपछि समस्या भएको अवस्थामा विभिन्न व्यक्तिहरुको सहयोगमा छोरा र छोरीको नाममा पैसा आएपछि उनिहरुको उच्च शिक्षा प्राप्तीमा सहयोग पुग्ने भन्दै कुशुमकी श्रीमती विष्णु केसीले सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभयो ।

आर्थिक सहयोग गर्नेहरुको नामावलीः

317646080_3428448180720380_4241058767810249016_n1674059989.jpg

320089758_2151179998604068_640572817676025309_n1674059988.jpg

316986981_721520978908173_6474360420589864918_n1674059986.jpg

319234813_685114903359900_1535576446744293597_n1674059987.jpg

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update