
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा आवधिक योजना तर्जुमा सम्बन्धी पूर्व कार्यशाला गोष्ठी कार्यक्रम सुरु भएकको छ । गाउँपालिकाको आयोजना तथा हेड लाइट प्रालि काठमाण्डाँैको सहजिकरणमा गाउँपालिकाको सभाहल खारानेटामा कार्यकम सुरु भएकाको हो । शनिबारबाट सुरु भएको आवधिक योजना कार्यशाला गोष्ठी आइतबार आज सम्म चल्ने गाउँपालिकाले जनाएको छ ।
२ दिनसम्म चल्ने आवधिक योजना पूर्व कार्यशाला गोष्ठी कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डाक्टर मानबहादुर विश्वकर्मा र डाक्टर चेत परियारले सहजिकरण गरिरहनु भएको छ । आवधिक योजना तथा पूर्व तयारी कार्यशाला गोष्ठीमा आगामी पाँच वर्षमा गाउँपालिकामा सञ्चालन गरिने योजनाहरुको पूर्व तयारीका बारेमा जानकारी गराईने छ ।
२ दिनसम्म सञ्चालन हुने कार्यशाला गोष्ठीले आवधिक योजना बनाउने प्रक्रिया र त्यसमा हुनुपर्ने अन्तरनिहित गुणहरूका बारेमा थप ज्ञान प्राप्त हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार २ दिनसम्म सञ्चालन हुने आवधिक योजना तथा कार्यशाला गोष्ठीले स्थानीय सरकारलाई योजनाको कार्यान्वयनमा सघाउ पु¥याउनुका साथै योजना बनाउन उत्प्रेरित गर्ने छ । विकास निर्माणका कार्यक्रमको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्नुका साथै अनुगमन र मुल्यांकण पद्धतिका बारेमा पनि थप जानकारीको हुने प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गनेशकुमार केसीको अध्यक्षतामा भएको आवधिक योजना कार्यशाला गोष्ठी कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, राजनितिक दलका प्रमुख, शिक्षक, स्थानीय नागरिक सहित पत्रकारहरुको पनि सहभागिता रहेको छ ।