Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट–५ मा साढे तीन सय मिटर घोरेटो बाटो निर्माण 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ थर्पूमा झन्डै साढे ३ सय मिटर घोरेटो बाटो निर्माणको काम सम्पन्न भएको छ । पुस महिनाबाट  सुरु गरिएको ३ सय ४० मिटर दुरीको घोरेटो बाटो निर्माणको काम सम्पन्न भएको हो । पक्की ढलानको घोरेटो बाटो निर्माण भएसँगै  स्थानीयलाई आवतजावतमा सहज हुनका साथै पशुचौपाय हिडाल्न पनि सहज भएको छ । 

वडाको चौराढिक देखि पिङहाल्ने सम्म घोरेटो बाटो निर्माणको काम सम्पन्न भएपछि नगरपालिकाले अनुगमन समेत गरेको जनाएको छ । वडामा निर्माण भएका योजनाहरूको शनिबार अनुगमन गरिएको मुसीकोट नगरपालिकाका सव इन्जिनियर विनोदकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार घोरेटो बाटोसँगै वडामा  भएका विभिन्न ६ वटा  खानेपानीका मुहानमां निर्माण गरिएका ट्यांकीको पनि अनुगमन गरिएको छ । 

उक्त वडामा घोरेटो बाटो निर्माणमा ८ लाख बजेट खर्च भएको छ भने तल्लो थर्पूमा पानी ट्यांकी निर्माणमा ६ लाख बजेट खर्च भएको छ । विभिन्न पानीका मुहानहरुमा पाईप लाईन मर्मत गर्दा १ लाख ५० हजार रकम खर्च भएको  मुसीकोट नगरपालिका सव इन्जिनियर ओलीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update