राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा पक्की विद्यालय भवन निर्माणको काम सुरु गरिएको छ । वडाको बाल शिक्षा आधारभूत विद्यायल गैरीनेटा र पिपल नाथ आधारभूत विद्यालय विमैचामा पक्की विद्यालय भनव निर्माणको काम सुरु गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडाका दुई वटा विद्यालयमा पक्की भवन निर्माणको काम सञ्चालन भइरहेको छ ।
दुई वटै विद्यालय विमैचा र गैरीनेटामा बराबर २ तल्ल्ला को ४ कोठे भवन निर्माण हुने छ । दुई वटै विद्यालयको भवन निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५०/५० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । बाल शिक्षा आधारभूत विद्यालय गैरीनेटाको विद्यालय भवन निर्माण गर्न ४५ लाख रकममा स्थानीय टोपबहादुर घर्तीलाई ठेक्का दिएको प्राध्यानाध्यापक चन्द्रमुणि ओलीले जानकारी दिनुभयो । बाँकी रहेको ५ लाख रकम विद्यालयको बचत कोषमा राख्ने उहाँको भनाई छ । उक्त बचत कोषबाट विद्यालयमा आउने भइपरी आउने काममा खर्च गरिने विद्यालयले जनाएको छ ।
पिपल नाथ आधारभूत विद्यालय विमैचामा भने स्थानीय निर्माण समितिले नै विद्यालय निर्माणको काम सञ्चालन गरिरहेको निर्माण समितिका अध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । निर्माणको काम सञ्चालन भइसकेकाले असार मसान्तसम्म विद्यालय भवन निर्माणको काम सक्ने गरी काम भइरहेको अध्यक्ष पुनको भनाई रहेको छ । अहिले दुई वटै विद्यालयमा बाल शिक्षा देखि कक्षा ८ सम्म पढाई सञ्चालन हुँदै आएको छ ।