Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारी नगरपालिकाले दियाे जनयुद्ध दिवसमा सार्वजनिक बिदा

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १६ औं नगरसभाले फागुन १ जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ऐतिहासिक महान जनयुद्ध सुरु भएको दिनको अवसरमा २०७९ फागुन १ गते चौरजहारी नगरपालिकाभर उल्लासपूर्ण वातावरणमा मनाउन सार्वजनिक बिदा दिने निर्णय सभाले गरेको हो, नगरपालिकाले भनेकाे छ ।

तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरुवात गरेको थियो । यसैदिनको सम्झनामा हरेक वर्षको फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइदै आएको छ । रुकुम पश्चिमका स्थानीय तहहरुले यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् भने सार्वजनिक विदा समेत दिदै आएका छन् । यो वर्ष अहिलेसम्म चौरजहारी नगरपालिकाले मात्र बिदाको निर्णय गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update