Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका उच्च लेकाली सेताम्मे 
रुकुमपूर्वको लेकाली भेगमा भएको हिमपात । तस्बिरः कखरा । 

मङ्गलबार दिउँसो देखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा हिमपात तथा वर्षा भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाका लेकाली भेगमा तथा उच्च भू–भागमा हिमपात भइरहेको हो । 


यस वर्ष हिउँदे वर्षात यो पहिलो पटक हो । हिमपात तथा वर्षाका कारण जनजीवन कष्टकर बनेको भूमे गाउँपालिका–२ गाबाङका जुनकुमार रोका मगरले बताउनुभयो  । हिमपात तथा वर्षाले गाईबस्तुहरूलाई पनि समस्या भएको छ । वर्षा र हिमपातसँगै चिसोले बाहिर निस्कन समस्या भएको छ । लेकाली बस्तीहरूमा बाक्लो हिउँ जम्न सुरु भएको रोका मगरले जानकारी दिनुभयो । 


वर्षा र हिमपातले चिसो बढेपनि किसान भने खुसी भएका छन् । हिउँदे बाली लगाए देखि पानी नपरेको आकाशे पानीको भरमा रहेका किसानलाई सिंचाइको राहत मिलेको कृषकले बताएका छन् । अहिले कृषकको बारीमा गहुँ, जौ र तरकारी बाली हुर्कि रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update