रुकुम पूर्वको भूमे गाउँपालिका–३ अन्तर्गतको सामुदायिक विद्यालयहरूमा दिवा खाजा सञ्चालन गर्दै आएको सर्वाङ्गिण विकास समाज नेपालको दिवा खाजाको प्रभावकारीताको बारेमा अनुगमन गरिएको छ । भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा खटिएको टोलीले उक्त दिवा खाजा लगायत विद्यालयको अनुगमन गरिएको हो ।
अनुगमनमा आज बुधबार वाशु स्मृति नमुना आधारभूत विद्यालय क्याङसी र टकसार आधारभूत विद्यालय झुम्लाबाङमा अनुगमन गरिएको छ । उक्त अनुगमनको क्रममा अध्यक्ष श्रेष्ठले प्रशंसा समेत गर्नुभएको छ । उक्त खाजा कार्यक्रमले विद्यार्थीको उपस्थिति संख्यामा पनि बृद्धि भएको अध्यक्षले बताउनुभयो । सफा सुग्घर र पोषिलोयुक्त खाजा सञ्चाल गरिराखेकोमा सर्वाङ्गिण विकास समाज नेपाललाई अध्यक्ष श्रेष्ठले धन्यवाद दिनुभएको छ ।
अनुगमनमा अध्यक्ष श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, भूमे ३ का कार्यवाहक अध्यक्ष निमकुमारी सुनार, स्थानीय वुद्धिजिवी जोगबहादुर पुन, गाउँपालिकाका कर्मचारी चन्द्र रसाईली, संस्थाका कार्यकारी निर्देशक सुशिल गुरुङ, विजय लामा लगायतको उपस्थिति रहेको थियो । उक्त संस्थाले स्थानीय रुपमा कृषिको पनि अनुसन्धानको कार्यलाई अघि बढाउदै आएको छ ।