रूकुम पश्चिमकाे सानिभेरी गाउँपालिका वडा नम्वर ३ का विभिन्न ठाउँमा खानेपानीकाे हाहाकार भएकाे छ । वडाका खाराखाली, गरायलागाउँ, अध्याचौर, स्याला, मसारी, जम्लेपोखरी, चिउरेखाली लगायतका स्थानमा खानेपानीको चरम अभाव भएकाे हाे । खानेपानीको अभाव भएपछि त्यहाँका स्थानीयवासीहरुको दिनचर्या पानीको अभावमै बित्ने गरेको छ ।
करिब ५ सय परिवार खानेपानीकाे अभावमा छन् । तुसारे-अध्याचौर लिफ्टिङ खानेपानी आयाेजनाको ठेक्का परेको बर्षौं बितिसक्दा पनी काम पुरा हुन्न सकेको छैन । योजना अलपत्र भयपछि त्यस क्षेत्रमा खानेपानीकाे चरम समस्या छ । काम गर्ने निकायको लापरबाहीका कारण योजना अलपत्र परेको स्थानीयवासीहरुको भनाई छ। पालिकामा खानेपानीकाे प्रमुख समस्या रहेको वडा नम्वर ३ मा खानेपानीको ठूलो समस्या रहेको छ ।
खाराखाली, अध्याचौर, गरायलागाउँमा रित्ता धाराहरु छन् भने पानीबिनाका पोखरीहरु छन् । साविकको दुली गाविसको नाउलीखोला मुहान देखि करिब ५ किलोमिटर टाढाबाट पाईपद्वारा अध्याचौरमा ल्याई ट्यांकीमा रातभर जम्मा गरेर दिनको एक-दुई घण्टा पानी छोड्ने गरिएकाे छ । यसरी पानीकाे जाेहाे गर्दै आएपनी बर्षौ देखि पिउने पानीको अभाव झेली रहेका स्थानीयले अझै कति समय खानेपानीको अभाव झेल्नु पर्ने हो थाहा छैन्, स्थानीय चन्द्रबहादुर नकालले भन्नुभयाे ।
पुरानो आयोजनाबाट आउने पानी मर्मत संभार नहुँदा झनै संकट हुँदै गएको उहाँकाे भनाई छ । गाउँमा पानीको हाहाकार नै भएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे-'करीब ५ सय घरधुरी र एक बिद्यालय रहेको त्यस छेत्रका सबैले राम्रोसंग पिउने पानी पाएका छैनन् ।
बिगत लामो समयदेखि स्थानीयले पानीको अभाव झेल्दै आएपनि समस्या समाधान गर्न कसैले चासाे नदिएकाे स्थानीयकाे गुनासाे छ । दुई, तीन घण्टा लामाे बाटाे हिडेर मुलपानी भन्ने ठाउँबाटपानी लिन जानुपर्ने बाध्यता रहेकाे अर्का स्थानीय टेकबहादुर नकालले बताउनुभयाे । ठेकेदार र जनप्रतिनिधिकाे वेवास्ताका कारण आयाेजना अलपत्र परेकाे स्थानीयले बताएका छन् ।
गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टले लिफ्टिङ आयाेजना पूरा गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेकाे बताउनुभयाे । केही सामान ल्याउनुपर्ने र एक महिना भित्रमा आयाेजना संचालनमा ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्घता जनाएकाे उहाँकाे भनाई छ । याे सहित अलपत्र याेजनाहरू पूरा गर्न गाउँपालिकाले ध्यान दिएकाे उहाँकाे भनाई छ ।