रुकुम पश्चिमका स्थानीय तहलाई फागुन ८ सम्म राष्ट्रपति रनिङ शिल्ड सक्न अनुरोध
जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले जिल्लास्थित सबै स्थानीय तहहरुलाई राष्ट्रपति रनिङ शिल्ड संचालन गर्न अनुरोध गरेको छ । एक सूचना मार्फत समितिले फागुन ८ गतेभित्र राष्ट्रपति रनिङ शिल्ड संचालन गर्न जिल्लाका सबै ६ वटै स्थानीय तहलाई भनेको हो ।
राष्ट्रिय खेलकुद परिषदबाट पौष २१ गते प्राप्त पत्रानुसार स्थानीय तहको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७९ (चौथो संशोधन) अनुसार फागुन ८ गतेसम्म शिल्ड संचालन गर्न सबै स्थानीय तहहरुलाई आग्रह गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले बताउनुभयो ।
साथै खेलकुद विकास समितिले स्थानीय शिल्डमा सहभागी भई छनौट भएका खेलाडीको विवरण फागुन १० गतेभित्र कार्यालयमा बुझाउन पनि भनेको छ ।
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ ११:२५
प्रतिक्रिया दिनुहोस्