रुकुम पूर्वको एक विद्यालयमा कालो झण्डा देखाइएको छ । विद्यालय प्रशासन र शिक्षकहरुका विरुद्ध विद्यार्थीहरुले नै कालो झण्डा देखाएका हुन् । सिस्ने गाउँपालिका २, को हिमालय माध्यामिक विद्यालय नायगाडका विद्यार्थीहरुले पठन पाठनमा वेवास्ता भएको भन्दै विद्यालयको प्रशासन तथा शिक्षक विरुद्ध आन्दोलन गरिरहेका छन् ।
मंगलबार विद्यालयको मुख्य प्रवेशद्धार र कार्यालयमा तालाबन्दी गरेका विद्यार्थीले बुधबार कालो झण्डा सहित प्रर्दशन गरेका छन् । कालो झण्डा, नाराबाजि सहित विद्यार्थीले विद्यालय नजिकको गाउँ परिक्रमा गरेका थिए । पठन पाठनमा वेवास्ता, विद्यालय भन्दा व्यापार व्यसायलाई प्राथमिकता दिएको, विद्यालयभित्रै व्यापार गर्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । शिक्षकहरु नियमित विद्यालय नआएको, आएर पनि पठन पाठन नगरेको आरोप विद्यार्थीले लगाएका छन् ।
विभिन्न कामको वाहाना बनाएर शिक्षकहरुले विद्यालय छाड्ने गरेको आरोप विद्यार्थीले लगाएका छन् । विद्यालय प्रयोजनका लागि ल्याइएको फोटोकपी मेशिन र कम्प्युटरबाट व्यापार गरिरहेको भनाई विद्यार्थीको छ । विद्यालयमा नियमित पठन पाठन भन्दा टिउसनलाई प्राथमिकता दिएको तथा टिउसन शुल्क पनि महंगो भएको विद्यार्थीले बताएका छन् । सुरुमा एक विषयएको एक महिनाको एक हजार रुपैयाँ टिउसन शुल्क तोकिएको थियो ।
विद्यालय व्यवस्थापन समितिले २ सय रुपैयाँ लिएर कोचिङ चलाउने भनेपनि हाल विद्यालयले ६ सय रुपैयाँ भनिरहेको छ । यसको विरुद्ध पनि आन्दोलनमा गएको विद्यार्थी पसलमान घर्तीले बताउनुभयो । सुरुमा ज्ञापन पत्र बुझाउना जाँद विद्यालयले नटेरेपछि तालाबन्दी गर्न बाध्य भएको अर्का विद्यार्थी प्रदीपकुमार कामीले बताउनुभयो ।