Kakhara सबैको खबर सम्पूर्ण खबर
यसरी भयाे पापिनी विवाह (भिडिओ)

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ मा हरेक वर्षको माघ १४, १५ र १६ गते पापिनी मेला लाग्ने गर्दछ । उक्त मेलालाई विशेष बनाउँछ पापिनी विवाहले । यो विवाह जो कसैका लागि अनौठो छ । केटी केटीकै विचमा विवाह गरिन्छ । तर साँच्चिकैको विवाह भने होइन् । साँख गाउँमा परम्परा देखि नै नाटकिय विवाह गर्ने प्रचलन छ ।

गाउँको भलाइका लागि परापूर्व काल देखि यो परम्परा चल्दै आएको स्थानीय पूर्णबहादुर बुढा बताउनुहुन्छ । यो वर्ष पनि विवाह भएको छ । यो पटक बेहुला बन्ने पालो तलिगाउँको थियो भने बेहुली बन्ने पालो माथि गाउँको । यि दुई गाउँका किशोरीका विचमा हरेक वर्ष विवाह हुँदै आएको छ । साँख गाउँमा दह छ । त्यसको तलितिरको गाउँलाई तलिगाउँ र माथितिरको गाउँलाई माथि गाउँ भनिन्छ । यसरी हुन्छ विवाह हेर्नुहोस् ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update