Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रकाे टीम ।

सानीभेरी गाउँपालिका र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखमा आयोजित भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । आज भएको सेमिफाइनलमा विजयी हुँदै सानीभेरी र भलिबल प्रशिक्षण केन्द्र फाइनल पुगेका हुन् ।

आज भएको पहिलो सेमिफाइनलमा सिस्ने गाउँपालिका ८ लाई ३–२ को सेटमा पराजित गर्दै सानीभेरी गाउँपालिका फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले टेक माइन नेटवर्कलाई पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गर्दै भलिबल प्रशिक्षण केन्द्र फाइनलमा पुगेको हो । 

फाइनल खेल भोली हुने आयोजक ठूली दह युवा क्लवले जनाएको छ । त्यस्तै सिस्ने गाउँपालिका ८ ले तेस्रो स्थान हाँसिल गरेको छ । आजै भएको तेस्रो स्थानको खेलमा टेक माइन नेटवर्कलाई ३–२ को सेटमा पराजित गर्दै सिस्ने ८ तृतिय भएको आयोजक ठूली दह युवा क्लवका अध्यक्ष दिपेन्द्र बुढामगरले जानकारी दिनुभयो । 

पापिनी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार, उप विजेताले ६५ हजार र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार, कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष बुढाले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update